लुम्बिनी लायन्स लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

1200x150_1200x150-01.jpg (1)

पर्सा , मंसिर १ –

साबिक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेटको क्षतिमा १०५ रन बनाएको थियो ।

पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । उसले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

एलिमिनेटरमा भोलि काठमाडौं गोर्खाज र चितवन राइनोजबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः