पर्साका दुई वडाध्यक्षसहित १८ जनप्रतिनिधिको पद रिक्त

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मङ्सिर ३ –

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको छ। आयोगले दल परिवर्तन गरेका जनप्रतिनिधिको पद रिक्त भएको सार्वजनिक सूचना जारी गरेको हो।

आयोगका अनुसार मंसिर २ गतेको निर्णयअनुसार राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीबमोजिम उनीहरूको पद रिक्त गरिएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित उनीहरूले पार्टीको नीति र निर्णयविपरीत काम गर्दै दल त्याग गरेको भन्दै पार्टीले आयोगमा जानकारी गराएको थियो।

पद गुमाउनेमा सिराहाका तीन, पर्साका दुई, खोटाङका आठ, इलामका दुई तथा भोजपुर र उदयपुरका एक–एक जना जनप्रतिनिधि रहेका छन्।

पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ। आयोगको निर्णयसँगै दुवैले निर्वाचित पद गुमाएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः