आज विश्व टेलिभिजन दिवस मनाइँदै

1200x150_1200x150-01.jpg (1)

पर्सा , मंसिर ५ – 

आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदैछ। टेलिभिजनको महत्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१/२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो।

सूचना, समाचार, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा टेलिभिजनले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसले जनमत निर्माण, सामाजिक चेतना अभिवृद्धि र विश्वभरका घटनाक्रमबारे नागरिकलाई जानकारी गराउन योगदान पुर्‍याउँदै आएको छ।

पछिल्लो समय डिजिटल प्रविधि र सामाजिक सञ्जालको प्रभाव बढ्दै गए पनि विश्वसनीय सूचना प्रवाह, जनचेतना र सार्वजनिक बहस निर्माणमा टेलिभिजनको महत्व अझै कायम रहेको छ।

सम्बन्धित पोस्टहरुः