पर्सा मंसिर ६ –
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो २ बजेर ५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत गएका प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीहरू विराजभक्त श्रेष्ठ, सुधन गुरुङ र रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आज भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गर्नेछन्। भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुका साथै राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्ने कार्यक्रम छ।
भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ। साथै विभिन्न परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास तथा शिक्षा, स्वास्थ्य, कृषि र अन्य क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाह भोलि साँझ स्वदेश फर्कने कार्यक्रम छ।







