मोरङ , मङ्सिर ६ –
मोरङको लेटाङ नगरपालिका क्षेत्रमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक २८ गते साँझ लेटाङ क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको आरोप छ।
घटनाबारे मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा संलग्न व्यक्तिको पहिचान भएपछि प्रहरीले फरार रहेका युवकलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानी प्रसाद लम्साल रहेका छन्।
उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको जनाएको छ।






