बेंगलुरुका विद्यार्थीबाट प्रधानमन्त्रीसम्म : बालेन–मोदी भेटले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना

1200x150_1200x150-01.jpg (1)

पर्सा , मंसिर ६ –

कहिलेकाहीँ सामान्य सुरुवातले असाधारण भविष्यको आधार तयार गर्छ। एक दशकअघि नेपालमा विनाशकारी भूकम्प र संविधान निर्माणको कठिन समय चलिरहेका बेला युवा इन्जिनियरिङ विद्यार्थीका रूपमा बालेन्द्र शाह बेंगलुरु पुगेका थिए।

त्यहाँ छात्रावासमा बस्ने, बस तथा स्कुटरमा कलेज जाने, इडली–डोसा खाने, कन्नड भाषा सिक्ने र चर्च स्ट्रिट तथा कोरमंगला क्षेत्रमा समाज, शासन र भविष्यबारे छलफल गर्ने उनको विद्यार्थी जीवन अहिले भारतसँगको सम्बन्धको एउटा स्मरणीय पक्षका रूपमा प्रस्तुत गरिएको छ।

आज तिनै बालेन्द्र शाह नेपालका प्रधानमन्त्रीका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका छन्। यस भ्रमणलाई नेपाल–भारतबीचको विश्वास, मित्रता र सहकार्य विस्तार गर्ने अवसरका रूपमा चित्रण गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदीको नेतृत्व र प्रधानमन्त्री शाहको युवा ऊर्जा तथा विकासप्रतिको प्रतिबद्धताबीचको भेटलाई नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना खोज्ने अवसरका रूपमा लिइएको छ।

बेंगलुरुमा विद्यार्थी जीवन बिताएका शाह अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय नेतृत्वसँग ऊर्जा, व्यापार, पूर्वाधार, हवाई सम्पर्क तथा दुवै देशका युवाको भविष्यबारे छलफल गर्ने अवस्थामा पुगेका छन्। यसलाई नेपाली युवाका लागि मेहनत, लगनशीलता र देशप्रतिको जिम्मेवारीको प्रेरणाका रूपमा प्रस्तुत गरिएको छ।

नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, सामाजिक तथा पारिवारिक सम्बन्ध रहँदै आएको छ। पशुपतिनाथदेखि काशी विश्वनाथसम्म र जानकी मन्दिरदेखि अयोध्यासम्म जोडिएको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धले दुई देशलाई नजिक बनाएको छ।

प्रधानमन्त्री शाहको भ्रमणबाट ऊर्जा, व्यापार, रोजगारी, पूर्वाधार र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधारका क्षेत्रमा सहकार्य बढ्ने अपेक्षा गरिएको छ।

रिलायन्स कम्पनी फर नेपालका तर्फबाट जारी सन्देशमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सफल होस् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतले दुई देशबीचको मित्रता थप प्रगाढ बनाओस् भन्दै शुभकामना व्यक्त गरिएको छ।

सन्देशमा भ्रमणले नेपाल–भारत मित्रताको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्दै ‘जय नेपाल, जय भारत र नेपाल–भारत मित्रता अमर रहोस्’ भनिएको छ।

सम्बन्धित पोस्टहरुः