search

spot_img
spot_img

हनुमान मन्दिर र ब्रहमस्थानमा आगजनी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

रौतहट १० माघ । इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रहेम स्थानमा आगजनी गरिएको प्रहरीले जनाएको छ । रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रहेम स्थानमा मंगलवार राति अज्ञात समूहले आगजनी गरेको छ।
इशनाथ नपा–५ जटहारामा रहेको सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात ब्यक्तीले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रतिनिधिसभा सदस्य किरण कुमार साह, नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सहितको टोली घटनास्थलमा पुगेको छ ।
विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुर्ई समुदायबीच विभिन्न विषयमा पटकपटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले चासो देखाएको छ। जटहरा गाउँँ छेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ ।
आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन । कसैले पराल राखेर मंगलवार राती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ । घटनावारे स्थानीयले बुधवार बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन शुरू गरेको प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन।
आगलागीबाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५ वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads