search

spot_img
spot_img

बारा प्रहरीद्वारा ३७ लाखको सामानसहित ट्रक नियन्त्रण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बारा, १२ माघ । बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रुपियाँ बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजमा रौतहट बाट काठमाण्डौ तर्पm जादै गरेको प्र.०३–०३–००१ख ००८४ न.को यात्री बाहक बसबाट घडी ३२५ वटा,अन्दाजी मुल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मुल्य १ लाख ३५ हजार रुपियाँको विल नभएको प्रहरीले समान बरामद गरेको छ ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा रूपन्देहीबाट लाहान–सिराह तर्पm जादै गरेको लु १ क २८८८ नं. को मिनिट्रकबाट १३ हजार ३ सय १० पोका सुर्ती गुट्खा र पुकार गरी अन्दाजी मुल्य ३० लाख १ हजार १ सय ६१ रुपियाँँ बराबरको विल नभएको मिनिट्रकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुर तर्पm जादै गरेको ना ३ ख ११४३ नं. को ट्रकबाट ४ सय बोरो चामल अन्दाजी मुल्य ५ लाख ७० हजार रुपियाँँ बराबरको विल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाईको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads