search

राष्ट्रपति रामचन्द्र पौडेल माघ २८ गते वीरगंज आउने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेल माघ २८ गते वीरगंज आउने भएका छन् । वीरगंज महानगर–१४ पिपरास्थित वीरगंज चिनी कारखानाको मैदानमा आयोजना हुने सीताराम नाम संकीर्तन महायज्ञ–१०८ कुञ्ज एवं नौ दिवसीय विष्णु महायज्ञको उद्घाटनको लागि राष्ट्रपति वीरगंज आउन लागेको नेपाली काङ्ग्रेस, पर्साले जनाएको छ ।
राष्ट्रपति भएपछि पौडेलको यो पहिलो वीरगंज भ्रमण हो । नेका, पर्साका उपसभापति एवं महायज्ञ आयोजन मूल समारोहका संयोजक रामनारायण कुर्मीले राष्ट्रपति आउने बताए । नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको उनले बताए । महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम छ । जनकपुरधामका पगलाबाबाको सक्रियतामा रु एक करोड खर्च अनुमान गरिएको महायज्ञमा अयोध्याको रामलीला, अन्य खेल तमासालगायतको व्यवस्था रहेको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads