search

spot_img
spot_img

सडकखण्ड निर्माण कार्यमा स्थानीयले अवरोध सृजना गरे

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज ,२० माघ/
ग्रामीण भेगको जानकीटोला–तुलसीबर्वा–मिर्जापुर झलमहिया सडकखण्ड निर्माण कार्यमा स्थानीयले अवरोध सृजना गरेका छन्। सो रूटको असवारी, तुलसीबर्वा गाउँमा अवरोध सृजना भइरहेको ठेकेदार कम्पनीले जनाएको छ। सडकमा माटो पुरी, ग्राभेल र त्यसपछि स्फाल्ट गर्ने योजना अनुसार काम भइरहेको छ। तर अवरोध भएको ठाउँमा गाउँलेले साइट क्लियर गर्न नमानेको ठेकेदार पक्षले जनाएको छ।
ठेकेदार कम्पनी इशान्त/छठिया/सन्तोष जेभीका अधिकारप्राप्त जेभी पार्टनर सन्तोष पटेलका अनुसार काम शुरू गरेको ५ महीना भइसक्दा पनि ती ठाउँमा साइट क्लियर हुन सक्दा काममा ढिलाइ भइरहेको बताए। उनले सो क्षेत्रमा साइट क्लियर गर्न स्थानीय सरोकारवालाहरू अग्रसर हुनुपर्ने कुरामा जोड दिए। जानकीटोला–असवारी–हरिहरपुर–धोबिनी–तुलसीबर्वा–मिर्जापुर–झलमहिया सडकखण्डको साढे १३ किलोमिटर लामो उक्त सडकमा ८ मिटर चौडाइमा माटो पुर्ने, ७ मिटर चौडाइमा ग्राभेल हाल्ने र ६ मिटर चौडाइमा स्फाल्ट गर्ने योजना छ।
पर्साको अति नै दुर्गम क्षेत्रको रूपमा सो क्षेत्र परिचित छ। पर्सा क्षेत्र नं ४ (२) का जसपाबाट निर्वाचित प्रदेश सांसद एवं मधेस प्रदेश सरकारका खानेपानीमन्त्री सिंगासन साह कलवारको पहलमा उक्त सडक कालोपत्रे गर्ने ठेक्का अघि बढेको थियो। २०७९/०८० को प्रदेश सरकारको सशर्त अनुदानबाट २८ करोड लगत–इस्टिमेट रहेको उक्त सडकको ठेक्का २४ करोड ८५ लाखमा इशान्त/छठिया/सन्तोष जेभीले पाएको थियो। २४ महीना अर्थात् २०८२ असार १० गतेसम्म काम पूरा गर्नुपर्ने उक्त योजनामा विगत ५ महीनादेखि काम शुरू भएको छ भने हालसम्म उक्त योजनाको भौतिक प्रगति १५ प्रतिशत र वित्तीय प्रगाति १० प्रतिशत मात्र भएको बुझिएको छ। उक्त योजनामा १२ सय घनमिटरको इटाको नाला र कलर्भटको काम पनि गर्नुपर्नेछ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads