search

spot_img
spot_img

विष्णु महायज्ञको तयारी तीव्र –आयोजक

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ माघ/ वीरगंज महानगर–१४ पिपरामा यही माघ २८ गतेदेखि हुन लागेको श्री सीताराम नामसंकीर्तन महायज्ञ–१०८ कुञ्ज, नौ दिने विष्णु महायज्ञबारेमा आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
महायज्ञ मूल तयारी समितिका अध्यक्ष मुर्लीधर रूँगटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक अनिल रूँगटाले महायज्ञको कार्यक्रम तथा आर्थिक अवस्थाबारेमा जानकारी गराएका थिए । उनले महायज्ञको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणपत्र पठाएको बताए ।
महायज्ञमा एक करोड बढी खर्च अनुमान गरिएको उनले बताए । नौ दिनसम्म लाग्ने महायज्ञमा सवा लाख भक्तजनहरू सहभागी हुने अनुमान गरिएको र उनीहरूको लागि भण्डाराको व्यवस्था मिलाइएको संयोजक रूँगटाले बताए । उनले महायज्ञ वीरगंज चिनी कारखाना क्षेत्रमा गरिने तयारी जोरसोरका साथ भइरहेको बताए ।
पत्रकार सम्मेलनमा उनले महायज्ञ सम्पन्न गर्नका लागि माघ २६ गते मोटरसाइकल -याली र २७ गते कलशयात्रा गरिने जानकारी गराए । महायज्ञ जनकपुरधाका जगतनन्दन दास (पगलाबाबा)ले यसअघि नेपाल र भारतका विभिन्न स्थानमा महायज्ञ आयोजना गरेको बताए । उनले महायज्ञ देशमा शान्तिका लागि आयोजन गरिएको र यसबाट आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । कार्यक्रममा पूर्व नगरप्रमुख विजयकुमार सरावगी, विनोद मोर, रेणु अग्रवाल, सोनी अग्रवाल, रामप्रवेश कुर्मी, रामनारायण कुर्मीलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

सिरहा, २९ असार : सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads