search

द्वारदेवी माविको विवाद साम्य बन्दै

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २२ माघ/ वीरगंज–१७ अलौंस्थित द्वारदेवी माविमा कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्ने विषयमा केही दिनदेखि विद्यार्थीहरूले गरेको विवाद साम्य हुँदै गएको छ ।
वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीको सक्रियतामा अभिभावक एवं भद्रभलादमीबीच भएको छलफलले विवाद साम्य बन्दै गएको विद्यालयका प्रधानाध्यापक दयाकान्त झाले जानकारी गराए । उनले विवादकै कारण तीन दिनदेखि विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको बताए । विद्यार्थीहरूले मासिक रु पाँच सय शुल्क तिर्नुपर्ने नियम नै पालना गर्नुपर्ने छलफलमा निर्णय भएकोले विद्यार्थीहरूलाई सम्झाइबुझाइ विद्यालय सञ्चालन हुन थालेको उनको भनाइ थियो ।
सोमवार विद्यालय राम्ररी चलेको उनले बताए । यसअघि मावि तहसम्म अध्ययन निश्शुल्क भएको महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रतिनिधिले एक कार्यक्रममा भनेपछि विद्यार्थीहरूले शुल्क नदिनका लागि विवाद गरेका थिए । विद्यार्थीहरूले कक्षाकोठामा तालाबन्दी गरी विरोध जनाएका थिए ।
कक्षा ११ र १२ मा शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन भइरहेको र विद्यालयका शिक्षकले सबै विषय अध्यापन गराउन नसकेपछि विद्यFलयले तीनवटा विद्यालयका शिक्षकहरू करारमा नियुक्त गरी कक्षा सञ्चालन गरिरहेको छ । सोही सञ्चालन खर्चबापत न्यूनतम शुल्क विद्यार्थीबाट मासिक रु पाँच सय लिइने निर्णय भएको थियो । विद्यार्थीहरूले मासिक शुल्क विद्यालयको खातामा बैंकमैं गएर जम्मा गर्न सक्ने व्यवस्था छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads