search

ठोरी छोटी भन्सारको स्तरोन्नति हुने

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ माघ । लामो समयको प्रतीक्षापछि ठोरी गाउँपालिका वडा नं २ मा रहेको ठोरी छोटी भन्सारको स्तरोन्नति हुने भएको छ ।आगामी माघ २७ गते शनिवार सङ्घीय अर्थमन्त्री प्रकाशशरण महतले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्ने घोषणा गर्नेछन् ।
अर्थमन्त्रीसहित अर्थ मन्त्रालयका अन्य दुई सचिव तथा भन्सार विभागका प्रमुखको समेत सहभागितामा ठोरी छोटी भन्सारको स्तरोन्नतिको घोषणा हुने कार्यक्रम तय भएको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए । ठोरी गाउँपालिका र माडी नगरपालिकाको संयुक्त बैठकले ठोरी छोटी भन्सारको स्तरोन्नति गर्न संयुक्त पहल गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालय र भन्सार विभागले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्न चासो देखाएको अध्यक्ष श्रेष्ठले बताए ।
ठोरी भन्सारको स्तरोन्नति हुने खबरले ठोरीवासी खुशी भएका छन् । लामो समयदेखि बन्द रहेको छोटी भन्सार सञ्चालनमा आएपछि भारतीय पर्यटकहरू गाडीको प्रवेश शुल्क तिरी नेपालको जुनसुकै स्थानमा जान सक्ने भएपछि पर्यटनमा समेत प्रत्यक्ष टेवा पुग्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads