search

spot_img
spot_img

बलात्कार घटनाको अभियुक्तलाई बचाउन पीडक पक्षको चलखेल शुरू

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १४ जेठ/ पर्सा जिल्लामा बलात्कार घटनाको अभियुक्तलाई बचाउन पीडक पक्षलेचलखेल शुरू गरेको छ।
बहुदरमाई नगरपालिकामा वैशाख १२ गते साँझ ७:३० बजे २२ वर्षीया महिलाको बलात्कार घटनाका अभियुक्त ४२ वर्षीय भीम यादव हालसम्म पक्राउ परेका छैनन् भने उनलाई बचाउन सो समूहले चलखेल शुरू गरेको पीडित पक्षले आरोप लगाएको छ।
गएको शनिवार बिहान जबरजस्ती एउटा कपाली कागजमा सही गराएको समेत पीडित पक्षले दाबी गरेको छ। यस विषयमा इलाका प्रहरी कार्यालय, पोखरियामा जबरजस्ती करणीबारे किटानी जाहेरी परिसकेको छ भने अन्य अनुसन्धानको प्रक्रिया, मेडिकल परीक्षणलगायतका काम भइसकेको छ।
घटनाको एक महीना बित्दा पनि अभियुक्तलाई प्रहरीले पक्राउ गर्न नसक्नुमा पीडित पक्ष्Fले दुःख व्यक्त गरेको छ। पीडकका भाइ दशरथ यादव जनपद प्रहरीमा सर्लाही जिल्लामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत रहेकाले उनले नै सो घटना ढाकछोप एवं कमजोर गर्न मिलापत्रको लागि दबाब दिनुका साथै चलखेल गरिरहेको पीडित परिवारको आरोप छ।
यसअघि, इप्रका, पोखरियाका प्रनि मोहनविक्रम केसीले समेत सो घटनामा उदासीनता देखाउँदा पीडक पक्राउ परेको थिएन। हालै जिम्मेवारी सम्हालेका पोखरियाका प्रनि राजन ढकालले पनि घटनामा आवश्यक कानूनी प्रक्रिया अगाडि नबढाएको पीडित पक्षको आरोप छ। पीडक अहिले गाउँमैं लुकीछिपी बसे तापनि नजीकको प्रहरी र पोखरिया प्रहरीले पक्राउ नगर्दा आफुहरू झन् पीडामा परेको पीडित पक्षको भनाइ छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads