search

सहकारी प्रकरण : संसदीय समितिको कार्यादेशमा सहमति 

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । सहकारी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश– टिओआरलाई कार्यदलले अन्तिम रूप दिएको छ ।

आज बसेको कार्यदलको बैठकमा सत्ता र प्रमुख प्रतिपक्षबीच चार बुँदामा समितिको कार्यादेशमा सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

कार्यदलले कार्यादेश प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । संसदको गतिरोध अन्त गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदिय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई उहाँको कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको हो ।

उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गर्नु भएकोमा प्रधानमन्त्रीसहित नेतृत्वप्रति आभार प्रकट गर्नुभयो भने प्रधानमन्त्रीले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गरेकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

सत्ता र प्रमुख प्रतिपक्षका शीर्ष नेताहरुबीच हिजो सात सदस्यीय छानबिन समिति बनाउने र समितिलाई तीन महिनाको समय दिने सहमति भएपछि कार्यदलले आज कार्यादेशलाई अन्तिम रूप दिएको हो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads