search

जिल्ला स्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता सुरु

पढ्न छुटाउनुभयो ?




धनकुटा । धनकुटामा जिल्लास्तरीय अन्डर १५ बुद्धिचाल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ । जसमा २९ पुरुष र ६ महिला गरी ३५ खेलाडीको सहभागिता रहेको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघ धनकुटाको संयोजनमा भएको प्रतियोगिताको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उद्घाटन गर्नुभयो ।

त्यस क्रममा प्रजिअ पौडेलले बुद्धिचाल पनि व्यावसायिक रुपमा अघि बढिरहेको बताउँदै बजार तथा ग्रामीण स्तरबाट बुद्धिचालका लागि खेलाडी उत्पादन गरिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला स्तरीय प्रतियोगिताबाट प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउन २ जना पुरुष र २ जना महिला छनौट गरिने जिल्ला बुद्धिचाल संघ धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताउनुभयो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads