search

spot_img
spot_img

महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

पढ्न छुटाउनुभयो ?




जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन बुझाइएको छ ।

महालेखापरीक्षकको कार्यालयका सह–सचिव एवं मधेश प्रदेश प्रमुखका प्रमुख श्याम प्रसाद भण्डारीले प्रदेश प्रमुखको सचिवालयमा छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुभयो ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो ।

उहाँले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयहरूको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने बताउनुभयो । प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशमा बेरुजू अन्य प्रदेशको तुलनामा बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताउनुभयो ।

प्रतिवेदन बुझाउँदै महालेखापरीक्षक कार्यालयका सह–सचिव श्याम प्रसाद भण्डारीले गत वर्ष भन्दा थोरै बढी बेरुजू मधेश प्रदेशमा बढेको बताउँदै बेरुजू बढ्नुमा म्याद नाघेको पेश्की नै प्रमुख कारणको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेल र महालेखा परीक्षकको कार्यालयका उपसचिव तारा प्रसाद सुवेदी सहभागी हुनुहुन्थ्यो ।

नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम सात वटै प्रदेशका प्रदेश प्रमुखहरूलाई प्रदेश मातहतको निकायहरूमा भएको लेखा परीक्षकको प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था रहेको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजमा शिक्षक क्षमता अभिवृद्धिको लागि सम्मेलन

वीरगंज,२८ असार । काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा वीरगंजमा एक दिने शिक्षक सम्मेलन सम्पन्न भएको छ । क्लार्क रिसोर्टमा...

सम्बन्धित खबर

- Advertisement -neelambads