उद्योगी–व्यापारीहरूको माग सरकारले पूरा गर्नुपर्ने – अध्यक्ष प्रभु साह

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १६ जेठ/ आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन्। मङ्गलवार वीरगंज नगर सभागृहमा आजपाले आयोजना गरेको कार्यक्रममा उनले सरकारले वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी व्यापारीहरूको मनोबल बढाउनुपर्ने बताए।
अध्यक्ष साहले देशको कुल राजस्वमध्ये ६० प्रतिशतभन्दा बढी पर्सा, बाराबाट उठ्ने गरेकोमा सरकारले अहिलेसम्म वीरगंजलाई उपेक्षा गरेको बताए। आर्थिक राजधानीको रूपमा चर्चित वीरगंजमा देशभरिमैं सबैभन्दा बढी आर्थिक कारोबार हुने गरेको बताए।
अध्यक्ष साहले यहाँका उद्योगी–व्यापारीहरूको माग सरकारले पूरा गर्नुपर्ने बताए। सरकारले यहFँबाट राजस्व उठे अनुसार यस क्षेत्रको विकासमा लगानी नगरेको उनले आरोप लगाए। उनले आजपाको अभियानमा यहाँका उद्योगी, व्यापारीलगायत नागरिक समाज, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल सबैको साथ सहयोग आवश्यक रहेको बताए।
भेलाले विश्वराज पटेलको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ। कार्यक्रममा पार्टीका उपाध्यक्ष सबिना हुसेन, महामन्त्री त्रिभुवन साह, बाबुराम कौशिक, सन्ध्या पासवानलगायतले मन्तव्य राखेका थिए।

भर्खरै

सम्बन्धित पोस्टहरुः