search

spot_img
spot_img

पर्सामा हावाहुरीले व्यापक क्षति

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ ।
एनसेलको टावर ढलेर च्यापिदा एक जना गम्भीर घाइते भएका छन। पर्साको विन्दबासिनी गाँउपालिका वडा नम्बर २ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय बृद्ध गुदेरी साहको मृत्युु भएको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए।उनका अनुिार,बिहीवार बेलुकी आफ्नै घरको पिढीमा बसिरहेका बेला साह हुरीले छिमेकीको घरको छानाबाट उडाएर ल्याएको जस्तापाताले लागेर गम्भीर घाइते भएका थिए ।घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा ल्याउने क्रममा बाटोमै मृत्युु भएको,प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।
यस्तै पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलको टावर हावाहुरीले ढलेको र त्यसले च्यापिएर एक पुरूष गम्भीर घाइते भएका छन् ।घाइतेको पहिचान भने खुलेको छैन।उनलाई उपचारका लागि वीरगंजको नारायणी अस्पतालमा ल्याईएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।
बहुदरमाई–५ मै हावाहुरीले एक रूख घरमा खस्दा च्यापिएर ९ जना घाइते भएको खबरपनि प्राप्त भएको छ ।
हावाहुरीका कारण कतिपय स्थानमा विद्युत अवरुद्ध छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads