search

spot_img
spot_img

प्रधानमन्त्री कप भलिबल : एभरेस्ट क्लब विजयी

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको महिलातर्फको खेलमा एभरेस्ट भलिबल क्लब विजयी भएको छ । एभरेस्टले न्यू डायमन्ड स्पोर्टस् क्लबलाई पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एभरेस्टले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको हो । एभरेस्टले पहिलो सेट २५–२१ अङ्कले, दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–१८ अङ्कले जितेको हो । जितसँगै एभरेस्टले तीन खेलबाट नौ अङ्क जोडेको छ । एभरेस्टले यसअघि कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।

यसैगरी न्यु डायमन्ड तीनवटै खेलमा पराजित भएको छ । यसअघि उसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग ३–२ तथा नेपाल पुलिस क्लबसँग ३–१ सेटमा हार बेहोरेको थियो ।

आज सम्पन्न पुरुषतर्फका खेलमा गण्डकी प्रदेशले बुढानीलकण्ठलाई ३–१ सेटमा पराजित गर्‍यो । यसैगरी नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई तथा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई समान ३–० सोझो सेटमा हरायो । आजै भएको पुरुषतर्फको अर्को खेलमा हेल्प नेपालले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० सेटले पराजित गर्‍यो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads