search

spot_img
spot_img

अभिभावकको रोजाइमा श्री मन मिश्र निमावि

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, परवानीपुर, २२ जेठ/ अढाई वर्ष अघि वीरगंज–३२ टेढास्थित श्री मन मिश्र निम्न माध्यमिक विद्यालयमा जम्मा छजना छात्रछात्रा थिए। विद्यालयको भवन खण्डहर जस्तो देखिन्थ्यो। तर आज सो विद्यालय विद्यार्थीहरूले भरिभराउ एवं रङ्गरोगन गरी चम्काइएको छ। विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा राजाराम साह आएपछि सो विद्यालयको कायापलट भएको अभिभावकहरूले बताए। करीब १४ कट्ठा क्षेत्रफल रहेको सो विद्यालयको दुईवटा भवनमा गरी १० वटा कक्षाकोठा छन्। सबै कक्षाकोठामा विद्यार्थी भरिभराव छन्। विद्यालयमा साह प्रअ भएर आएपछि शैक्षिक गतिविधिले गति लिएको छ। चालू शैक्षिक सत्रमा नयाँ विद्यार्थी भर्नाको चाप यति बढ्यो कि विद्यालयले भर्ना बन्द गर्नुप–यो।
“हामीसँग भएको भौतिक संरचनाले विद्यार्थीको बढी सङ्ख्या थेग्न नसकेर विद्यार्थी भर्ना बन्द गर्नुप–यो,” प्रअ साहले भने, “अहिले विद्यालयमा ३३८ छात्रा र ३६८ छात्र गरी कुल ७०६ जना विद्यार्थी अध्ययनरत छन्।” ग्रामीण भेगमा सो विद्यालय नमूनाको रूपमा रहेको छ। विद्यालयमा राम्रो अध्ययन हुन्छ भन्ने अभिभावकमा विश्वास पलाएपछि सो भेगमा यो सरकारी विद्यालयले नमूनाको रूपमा पहिचान हासिल गरेको विद्यालयकी शिक्षिका एवं सूचना अधिकारी मीनाकुमारी कार्की बताउँछिन्। विद्यालयमा शैक्षिक गतिविधिलाई नियाल्न कक्षाकोठाको सिसिटिभीबाट निगरानी गरिन्छ।
बिहान ६ बजे विद्यालयको मूलगेट बन्द भई मध्याह्न १२ बजेसम्म विद्यालय सञ्चालन हुने गर्छ। नौजना शिक्षिका, चारजना शिक्षक र एकजना कार्यालय सहयोगी गरी १४ जना कार्यरत छन्। मध्याह्न १२ बजेपछि शिक्षकहरूले हरेक कक्षाका कमजोर विद्यार्थीहरूलाई छुट्टै कक्षामार्फत कोचिङ दिने गर्दा सरकारी विद्यालय भएर पनि निजी विद्यालयको तुलनामा विद्यार्थीहरूले प्रभावकारी शिक्षा प्राप्त गरिरहेका छन्। विद्यालयका प्रअ साहले राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत सङ्घ सरकारको ४५ लाख रुपैयाँ अनुदान सहयोगबाट थप चार कोठे भवन निर्माण भइरहेको र सो भवन निर्माणपछि विद्यार्थीहरूलाई अध्ययनमा थप सहज हुने बताए। प्रअ साहले गर्न चाहे कुनै कुरा असम्भव नरहेको बताउँदै दृढ सङ्कल्पले प्रभावकारी शिक्षण सिकाइ गरियो भने अभिभावकहरू निजी विद्यालयतर्फ आकर्षित नहुने बताए। सरकारी विद्यालयलाई सेवा भावनाको साथ प्रभावकारी सिकाइ केन्द्रको रूपमा विकसित गर्नुपर्ने उनको सुझाव छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

गण्डक नहरमा पानी आयो,किसान हर्षित

राधेश्याम पटेल, परवानीपुर, १६ असार । नारायणी सिचाईँ व्यवस्थापन कार्यालय वीरगंजको गण्डक नहरमा शनिवारदेखि पानी आएको छ । हाल ७...

सम्बन्धित खबर

- Advertisement -neelambads