search

spot_img
spot_img

बास्केटबल टोली चीन जाने

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्ने भएको छ ।

यही जेठ २९ देखि ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा मनिष केसी (कप्तान), निकेश राखल मगर, सुदीप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा भने सुशील गुरुङ रहेका छन् ।

चीनकै युनानमा गत वैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो । कप्तान मनिष र निकेश त्यो टोलीका सदस्य थिए । 

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ र नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो । सदस्य-सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहोर्याउने विश्वास व्यक्त गर्नुभयो । रासस

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पूर्व राष्ट्रपति भण्डारी शनिवार वीरगंज आउँदै

वीरगंज,११ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरगंज आउने कार्यक्रम तय भएको छ । वीरगंज उद्योग वाणिज्य संघले आफनो...

सम्बन्धित खबर

- Advertisement -neelambads