search

spot_img
spot_img

टि-२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित

पढ्न छुटाउनुभयो ?




काठमाडौं।अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टि-२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ । शुक्रबार राती भएको खेलमा टि-२० विश्वकप क्रिकेटमा एसोसिएट राष्ट्र क्यानडाले टेस्ट राष्ट्र आयरल्याण्डमाथि १२ रनको जीत निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके । उनले ३५ बलमा ३ चौका र २ छक्कासहित ४९ रन मात्र बनाउन सके । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए । पर्गत सिंहले १८ रन जोडे ।

आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २-२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १-१ विकेट लिए ।

जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर्ज डकरेलले ३० रन जोडे ।

क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २-२ तथा जुनेद सिद्दिकी र साद विन जफरले १-१ विकेट लिए ।

समूह ए मा क्यानाडाको दुई खेलमा यो पहिलो जित हो । आयरल्यान्डले भने दुईवटै खेलमा पराजय व्यहोरेको छ । यस समूहमा अमेरिकाको दुई खेलमा ४ अंक रहेको छ । भारतको एक खेलमा दुई अंक छ भने पाकिस्तान एक खेलमा अंकविहिन छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

बाराको कुर्मीको घटनामा ५ जना आरोपितलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश

राधेश्याम पटेल, वीरगंज, २३ असार।  बारा,कलैया-१४ स्थित बघवन गाउँमा नन्दु राउत कुर्मीको हत्या मुद्दामा पाँचजनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश...

सम्बन्धित खबर

- Advertisement -neelambads