परवानीपुर, २७ जेठ/ वीरगंज–२१ पटेलनगरस्थित सञ्चालनमा रहेका केही छाला उद्योगले खुलारूपमा काँचो र सुक्खा छाला फ्याँक्दा प्रदूषण पैmलिने गरेको एवं भुस्याहा कुकुरले उक्त छाला खाँदा बौलाएर बाख्रा, गाईवस्तुलाई टोक्ने गरेको गाउँलेले गुनासो गरेका छन् ।
छाला उद्योगको कम्पाउन्ड वाल नभएको, कच्चा पदार्थ खुलारूपमा राख्दा चराचुरुङ्गी, कुकुरले प्रदूषण पैmलाउनुका साथै कुकुरले आतङ्क मचाएको छ । कुकुरले उक्त छाला पटेलनगरका सडक, खेतलगायतका ठाउँमा ल्याएर खाने गर्दा गाउँलेहरूलाई हिंड्नसमेत असहज भएको छ ।
गाउँलेले छाला उद्योगलाई व्यवस्थितरूपमा कच्चा पदार्थ तथा तरल पदार्थ राख्न दबाब दिएका छन् । यसो नगरे उद्योगविरुद्ध आन्दोलन गर्ने गाउँलेले चेतावनी दिएका छन् ।
सो स्थानमा मरियम लेदर, नेशनल, ग्लोबल, नेपाल लेदरलगायतका छाला उद्योग सञ्चालनमा छन् । ग्लोबल लेदरका प्रशासन प्रमुख शम्भुप्रसाद साहले उद्योगले छाला व्यवस्थितरूपमा राखेको दाबी गरे ।

Facebook Comments Box