search

spot_img
spot_img

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ ।

गुयनाको प्रोविडेन्स रङ्गशालामा भर्खरै सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो । युगान्डाका लागि जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क रन बनाउन सकेनन् ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वेष्टइन्डिजका अकिल हुसैन एक्लैले पाँच विकेट लिएभने अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७३ रनको बनाएको थियो ।

वेस्टइन्डिजका लागि जोनसन चारल्सले ४४ रन बनाए भने आन्द्रे रसेलले अविजित ३० रन जोडे । कप्तान रोभमन पावेलले २३, सफर््यान रुदरफोर्ड र निकोलस पुरनले समान २२–२२ रन बनाए । ब्रेन्डन किङ्गले १३ रन जोडे ।

युगान्डाका लागि कप्तान ब्रायन मसाबाले दुई विकेट लिए । त्यस्तै  अल्पेश रामजानी, कोस्मास क्युउटा र दिनेश नकर्नीले समान एक–एक विकेट लिए । यससँगै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको वेस्टइन्डिजले चार अङ्क जोेडेको छ  । तीन खेलमा स्पर्धा गरेको युगान्डा दुई अङ्कमा सीमित छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा

वासिङ्टन, २२ असार (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन...

सम्बन्धित खबर

- Advertisement -neelambads