search

spot_img
spot_img

‘निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद हुने’

पढ्न छुटाउनुभयो ?




काँक्रेविहार (सुर्खेत) । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभएको छ ।

आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधार तथा निर्माणको गति बुझ्न सुर्खेत आउनुभएका मन्त्री श्रेष्ठले आज निर्माण स्थलको अनुगमन गर्नुभयो ।

वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले कर्णालीमा खेलकुदको भारी विकास हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले कर्णालीले पहिलोपटक यति ठूलो संरचना निर्माण गर्दा कर्णालीको खेलकुद विकास मात्र नभई, अन्य क्षेत्रले पनि सिको गर्न सक्ने बताउनुभयो ।

“कर्णालीले जमर्को गरेर १०औँ राष्ट्रिय खेलकुदलाई महोत्सव मनाउन अपिल गर्दछु,” उहाँले भन्नुभयो, “यही अवस्थामा खेलकुद हुन्छ कि हुन्न भन्ने आशङ्का पनि छ । तर १० औँ राष्ट्रिय खेलकुद जसरी भएपनि हुन्छ ।’’

दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने उहाँको भनाइ छ । संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

उहाँका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो, तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेशको क्षमताअनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

आधा दर्जन झोले गैरसरकारी संस्थाका सञ्चालक केवलमाथि अख्तियारको निगरानी

वीरगंज, १९ असार । आधा दर्जनभन्दा बढी झोले गैरसरकारी संस्थाहरू सञ्चालन गर्दै आएका अमोद केवट अख्तियारको निगरानीमा परेका छन्...

सम्बन्धित खबर

- Advertisement -neelambads