search

परवानीपुर गापा–५ बहुअरीमा सडक विस्तार शुरू

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३० जेठ/ परवानीपुर गाउँपालिकाले बुधवारदेखि वडा नं ५ बहुअरीमा सडक विस्तार कार्य शुरू गरेको छ। गापाले चालू आवमा सो सडकखण्ड निर्माणको लागि ८० लाख रकम विनियोजन गरेपछि सडक तथा नाला निर्माण कार्य अगाडि बढेको गापा अध्यक्ष रामक्षेत्रीप्रसाद कुर्मीले बताए।
उनले करीब एक किलोमिटर सडक, नाला निर्माण हुन लागेको र सो क्षेत्रमा आजदेखि अतिक्रमण हटाउने कार्य शुरू भएको बताए। उनले पटकपटक सूचना गरी अतिक्रमण हटाउन आग्रह गरिएकामा अटेर गर्नेविरुद्ध बुधवारदेखि डोजर लगाएर अतिक्रमण हटाउन शुरू गरिएको बताए। उनले एकै दिनमा करीब सात सय मिटर अतिक्रमण हटाइएको र बाँकी अतिक्रमण एक साताभित्र हटाउने सहमति भएको बताए।
बहुअरीमा साबिक १६ देखि १८ फिट चौडाको सडक भएकोमा त्यसलाई विस्तार गरेर २० फिट चौडा सडक र सडकको दुवैतर्फ पाँच/पाँच फिटको नाला निर्माण गर्ने योजना रहेको उनले बताए। सडक निर्माणको क्रममा आज केही व्यक्तिहरूले एक किलोमिटर सडक, नाला निर्माणको लागि विनियोजित रकम कम भएको र एकैपटक सबै सडकखण्ड खाली गराउँदा काम पूरा नभएर आधा अधूरो हुने भन्दै बजेटको पूर्णरूपमा व्यवस्था गरेर अतिक्रमण हटाउन सुझाव दिएका थिए।
अध्यक्ष कुर्मीले एक साताभित्र अतिक्रमण नहटाइए प्रहरी प्रशासन लगाएर अतिक्रमण खाली गराउने चेतावनी दिएका छन्। उनीसँगै वडाध्यक्ष रामेश्वर कलवारलगायतका जनप्रतिनिधिहरू अतिक्रमण हटाउन सक्रिय थिए।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads