search

spot_img
spot_img

चर्को गर्मीमा पनि पर्साको ग्रामीण क्षेत्रमा एक सातादेखि विद्युत छैन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ जेठ । गत साता आएको हावाहुरीले पर्साका विभिन्न क्षेत्रमा विद्युत् पोल ढालेपछि ग्रामीण क्षेत्रहरूमा एक सातादेखि विद्युत् आपूर्ति ठप्प भएको छ। एक सातादेखि विद्युत् नहुँदा ग्रामीण जनजीवन अस्तव्यस्त भएको छ। विद्युत् नहुँदा कुटानी, पिसानी मिल बन्द भएका छन् भने ग्रामीण क्षेत्रका बैंक, कार्यालय, वित्तीय संस्था र अस्पतालको कामकाज ठप्प भएको सखुवाप्रसौनी गाउँपालिकाकाका विनोद यादवले बताए।
पर्सागढी नगरपालिकाका बागेश्वरी तित्रौना, चैनपुर टिकुलिया, एकटाँगा, सखुवाप्रसौनी गापाको सखुई जमुनिया, गुलवरिया, श्रीपुर पंचगावाँ, रामभौरी, घुसुकपुर, पटेर्वासुगौली गापाका रङपुरटाँडी, बङ्कुल, थरघटी, बैजनाथपुर, चापीलगायत स्थानमा एक सातादेखि विद्युत् नभएको पंचगावाँका रामकिशोर चौधरी थारूले बताए। विद्युत् नहुँदा इन्टरनेट र मोबाइल सेवासमेत प्रभावित भएका छन्। ग्रामीण बासिन्दाहरूले मोबाइलसमेत चार्ज गर्न नसक्दा सूचना तथा मनोरञ्जनको साधनबाट वञ्चित भएका छन्।
नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रको ढिलासुस्ती र चरम लापरवाहीके कारण एक साता बितिसक्दा पनि विद्युत् आपूर्ति सहज भएको छैन। पोखरिया वितरण केन्द्रका प्राविधिक कुलदीप प्रसादले एक साता पहिला आएको हावाहुरीले १०० भन्दा बढी पोल र तारमा क्षति पु–याएको कारण विद्युत् आपूर्ति ठप्प भएको बताए। उनले मर्मतसम्भार कार्य भइरहेकाले अझै दुई/तीन दिन विद्युत् आपूर्ति नहुने बताए। नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रबन्धक अवधेश दुबेले वीरगंज महानगरसहित पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिका र पटेर्वासगौली, जीरावभवानी, विन्ध्यवासिनी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको बताए। जेठ २५ गते आएको हावाहुरीले यो क्ष्Fेत्रमा सबैभन्दा बढी विद्युत् पोलहरू ढलेका र सोको मर्मत कार्य जारी रहेको उनले बताए। वीरगंज महानगर–२९, रतनपुर र वडा नं २८ को लालपर्सामा पोल जडान गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि काम अगाडि बढ्न नसकेको उनले बताए। उनले मर्मतसम्भार कार्यमा अहिले ७०–८० जना कर्मचारी निरन्तर खट्दै आएको बताए।
यता स्थानीयले भने विद्युत् प्राधिकरणमा ठेकेदारहरू हाबी भएका र उनीहरूले गर्दा काममा ढिलासुस्ती भएको आरोप लगाएका छन्। पोल गाड्ने, तार जडान गर्ने ठेक्का लिएका ठेकेदारहरूले काममा ढिलासुस्ती गरेका र उनीहरूकै कारण विद्युत् प्रवाहमा समस्या भएको आरोप लगाएका छन्। एक सातादेखि अँध्यारोमा बसेको, गर्मीमा विद्युत् नहुँदा ठूलो समस्या झेल्नुपरेको स्थानीयले बताएका छन्। यता जेठ २५ गतेको आँधीहुरीले पर्सा जिल्लामा इन्टरनेट सेवा पनि प्रभावित भएको छ। इन्टरनेट सेवाप्रदायक कम्पनीले अहिलेसम्म अवरोध हटाएर सेवा सुचारु गर्ने काम शुरू नगरेको स्थानीयको गुनासो छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads