search

spot_img
spot_img

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबलमा बागमतीको दोहोरो जित 

पढ्न छुटाउनुभयो ?

पोखरा । पोखरामा जारी ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले दोहोरो जित हासिल गरेको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा आज भएको छात्र तर्फको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३१ का विरुद्ध ३७ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो । 

बागमतीको जितमा प्लान्जल बस्नेतले १७ स्कोरको योगदान दिनुभयो भने गण्डकीका सौभाग्य पुनले १२ स्कोर गर्नु भएको थियो । पहिलो क्वाटरमा बागमती प्रदेश गण्डकीसँग ४–७ स्कोरले पछि पर्दा दोस्रो क्वाटरमा बागमतीले १६–१२ को स्कोरले अग्रता लियो । तेस्रो क्वाटरमा बागमतीले ५–१० को स्कोरले पछि गर्दा चौथो क्वाटरमा भने बागमती प्रदेशले २ का विरुद्ध १४ स्कोर गर्न सफल भएको हो ।

छात्र तर्फ तेस्रो स्थानको लागि आज भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई १७ का विरुद्ध ३६ स्कोरले पराजित गर्दै तेस्रो भएको हो । 

त्यसै गरी छात्रा तर्फ आज भएको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ८ का विरुद्ध १३ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो । बागमतीको जितमा जरा महर्जनले ८ स्कोरको योगदान दिनु भयो । छात्रा तर्फ कर्णाली प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानको लागि भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १७ का विरुद्ध २० स्कोरले पराजित गरेको हो । 

पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटबल कोर्टमा केही खेलहरू भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो । उक्त प्रतियोगितामा छात्रा तर्फ सुदूरपश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनु भयो । 

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका उपाध्यक्ष एवं संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङ, संघ गण्डकीका उपाध्यक्ष किरण सापकोटा, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरिक्षक (एसएसपी) कृष्णराज पाठक, परिषद् गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, ऋषिराम गौतम, सदस्य शुभकन्या गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads