search

एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा

पढ्न छुटाउनुभयो ?




काठमाडौँ।एएफसी सत्र वर्षमुनि (यु-१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो ।

नेपालको समूहमा जापान, कतार र मङ्गोलियाजस्ता बलिया राष्ट्र परेका छन् । यस समूहका सबै खेल कतारले आयोजना गर्ने एफसीले जनाएको छ । छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ ।

त्यसैगरी एएफसीले सार्वजनिक गरेको २० वर्षमुनिको एएफसी यु-२० एसियन कप छनोटमा भने नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन् ।

यो समूहका खेल चाइनिज ताइपेइले आयोजना गर्ने एएफसीले जनाएको छ । उक्त खेल आगामी सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads