search

विश्वकप क्रिकेटः अफगानिस्तान ‘सुपर–८’ मा प्रवेश

पढ्न छुटाउनुभयो ?




काठमाडौँ। अफगानिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर-८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर-८ चरणमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १९ दशमलव ५ ओभरमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १५.१ ओभरमा केवल तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

अफगानिस्तान समूह ‘सी’ बाट सुपर-८ चरणमा पुगेको हो । यसअघि सोही समूहबाट वेस्ट इन्डिज सुपर–८ चरणमा पुगिसकेको छ । उक्त समूहमा रहेका अन्य टोली पपुवा न्यु गिनी, युगान्डा र न्युजिल्यान्ड भने घर फर्किने निश्चित भएको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads