search

गर्मीका कारण पर्साका विद्यालयहरुमा बिदा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३२ जेठ । बढ्दो गर्मीका कारण वीरगंज महानगरपालिकाका विद्यालयहरू बिहीवारदेखि आइतवारसम्म चार दिनको लागि बन्द गरिएका छन्। वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले सूचना प्रकाशित गरी वार्षिक बिदामा कट्टा हुनेगरी जेठ ३१ देखि असार २ गतेसम्म विद्यालय बन्द गरिएको र असार ३ गते सोमवारदेखि विद्यालय सञ्चालनमा आउने जानकारी गराएका छन्।
वीरगंज महानगरपालिकाले गर्मी बढेसँगै यसअघि बिहान १०ः३० बजेसम्म मात्रै कक्षा सञ्चालनको लागि सूचना गरेको थियो। तर गर्मी बढेर ४२ डिग्रीसम्म पुगेपछि महानगरले बिदा दिएको हो। मौसम पूर्वानुमान महाशाखाले शुक्रवारसम्म गर्मी बढ्ने र शनिवारदेखि पश्चिमी वायुको प्रभावसँगै वर्षा हुने अनुमान गरेको छ। वीरगंज महानगरसँगै पोखरिया नपा, सखुवाप्रसौनी, जीराभवानी, पकाहामैनपुर गाउँपालिकाले असार २ गतेसम्म गर्मी बिदा दिएका छन्। ठोरी गापाले बिहान १०:३० बजेसम्म र पर्सागढी र पटेर्वासुगौलीले बिहान ९ः३० बजेसम्म विद्यालय सञ्चालन गर्दै आएको छ।
यस अघि महानगरले वार्षिक बिदाबाट कट्टा हुनेगरी जेठ १६ देखि १९ गतेसम्म चार दिन बिदा दिएको थियो। महानगरसँगै पर्सा जिल्लाका विभिन्न पालिकाहरूले गर्मी बिदा दिएका थिए। अहिले महानगरले बिदा दिएपछि केही पालिकाहरूले सूचना प्रकाशित गरेर वार्षिक बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा दिन शुरू गरेका छन्।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads