search

spot_img
spot_img

कृषि ज्ञान केन्द्र, पर्सामा पटकपटक हाकिम परिवर्तन हुँदा तीन करोड फ्रीज

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २३ असार/ जिल्लास्तरमा किसानसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको रूपमा कृषि ज्ञान केन्द्रलाई चिनिन्छ। तर कृषि ज्ञान केन्द्र, पर्साको चालू आवमा करीब तीन करोडभन्दा बढी रकम फ्रीज भएको बुझिएको छ।
काम गर्न नसकेर सो रकम फ्रीज भएको किसानहरू बताउँछन्। चालू आवको शुरूमा कार्यालय प्रमुखमा मुनिलालप्रसाद रौनियार, त्यसपछि शङ्कर साह, हरिशङ्कर जयसवाल कार्यालय प्रमुखको रूपमा जिम्मेवारीमा थिए। रौनियार र साहले केही काम गरे तापनि जयसवालको अवधिमा अख्तियारी पनि नआएकोले उनले केही काम गर्न सकेनन्। त्यसपछि वैशाख ३ गते कृषि ज्ञान केन्द्रको प्रमुखमा कपिलदेवप्रसाद कुशवाहा आए। प्रदेश निर्देशनालयबाट कार्यालय प्रमुखमा आउँदा प्रदेश सरकार मातहत कृषि मन्त्रालय हेर्ने भूमि, कृषि तथा सहकारी मन्त्रालयले अख्तियारी दिए तापनि अनुमतिविना कार्यक्रम सञ्चालन नगर्नु भन्ने परिपत्र आएपछि योजना अगाडि सञ्चालन गर्न नसकेको उनको भनाइ छ।
चालू आवमा मधेस प्रदेश मन्त्रालयले करीब छ महीनासम्म अनुमति लिएर मात्र काम गर्नु भनेर निर्देशन दिंदा योजना तथा कार्यक्रम सञ्चालन गर्न ढिलाइ हुँदा सम्बन्धित कार्यक्रमबाट सेवाग्राही वञ्चित भएको उनको स्पष्टीकरण थियो। करीब पाँच करोड वार्षिक बजेटमध्ये एक करोड ६० लाखको अनुदानमा आधारित स्यालो ट्युबवेल, १४ लाख बराबरको प्राङ्गारिक मल वितरण कार्यक्रमलगायत खुद्रा योजनाहरू गरी करीब दुई करोडको मात्र काम भएको र बाँकी तीन करोड फ्रीज भएको उनले स्पष्ट पारे। उनले योजना तथा कार्यक्रम छोटो समयमा तीव्ररूपमा सञ्चालन र पूरा गर्न दक्ष जनशक्तिको अभावले गर्दा नसकिने भएर यस वर्षको करोडौं बजेट फ्रीज भएको जानकारी दिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads