search

spot_img
spot_img

गत आवमा ५३.७८ प्रतिशत निवेदन फछ्र्योट पर्सा जिल्ला अदालतले एक अर्ब जरिवाना उठाउन बाँकी

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २ साउन/ पर्सा जिल्ला अदालतले हालसम्म कुल रु एक अर्ब १० करोड २२ लाख ४७ हजार ७८४ जरिवाना असुल गर्न बाँकी रहेको छ।
पर्सा जिल्ला अदालतद्वारा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तत्र्रिmयामा मुख्य न्यायाधीश दीपक खनालले अदालतले सुरक्षा निकायसँग फरार अभियुक्त पक्राउ गर्न सहकार्य गर्नुपर्ने भएकोले उक्त सहकार्य सक्रियतापूर्वक नभएकोले जरिवाना रकम बक्यौता दिन प्रतिदिन बढ्दै गएको बताए। उनले आगामी दिनमा जरिवाना रकमलाई घटाउन अदालत गम्भीर भएर लाग्ने बताए। गत आव २०८०/८१ मा असुल हुन बाँकी कैदको बक्यौता दुई हजार ३४२ वर्ष तीन महीना छ दिन रहेको बताइएको छ।
गत आवसम्म विशेष अभियानबाट ५६ हजार २३५ जना व्यक्तिबाट रु ९२ लाख ६४ हजार ४९० जरिवाना असुल गरिएको थियो। यसैगरी, विशेष अभियानमार्फत हालसम्म कुल ११ महिला र ४६ पुरुष गरी कुल ५७ जनाबाट १५२ वर्ष छ महीना १९ दिन कैद असुल गरिएको जानकारी गराइयो। गत आवमा मात्रै कुल एक हजार ४८८ वर्ष नौ महीना कैद असुल गरिएको छ भने रु तीन करोड ५१ लाख ४० हजार ३६९ जरिवाना असुल भएको छ।
मुख्य न्यायाधीश खनालले दिएको जानकारी अनुसार गत आवमा एक हजार ६६४ निवेदन जिम्मेवारी सरेर आएका थिए भने सो वर्षमा दुई हजार पाँच निवेदन दर्ता भई जम्मा तीन हजार ६६९ निवेदनमध्ये ५३.७८ प्रतिशत अर्थात् एक हजार ९७३ वटा निवेदन फछ्र्योट भएको र बाँकी एक हजार ६९६ निवेदन सुनवाइ हुन बाँकी रहेको छ। चालू आव २०८१/८२ मा ८१.५३ प्रतिशत अर्थात् दुई हजार ४२० वटा निवेदन सुनवाइ गर्ने लक्ष्य राखिएको पर्सा जिल्ला अदालतले जनाएको छ।
पत्रकारहरूको जिज्ञासा सम्बन्धमा मुख्य न्यायाधीश खनालले अदालतले आफ्नो सेवासुविधा प्रभावकारी बनाउँदै जाने भन्दै अदालतको विकृतिबारेमा पनि सबैलाई सचेत हुन आग्रह गरे। उनले कतिपय सेवाग्राहीलाई कानून र अदालती प्रक्रियाबारेमा जानकारी नहुँदा दुःख भोगिरहेको चर्चा गरे। कानून व्यवसायीहरूको शुल्क तोक्ने विषयमा दुई पक्षबीच भएको सहमति अनुसार शुल्क निर्धारण हुने गरेको उनले बताए। पत्रकारहरूले तस्बिर खिच्न नपाउँदा अदालतको कार्यसम्पादन प्रक्रिया कसरी पारदर्शी हुन सक्छ भन्ने प्रश्न गरेका थिए।
सेटिङविना अदालतमा कुनै पनि निवेदनको निर्णय हुँदैन भन्ने प्रश्नमा उनले यी सबै कुरा हाउगुजी भएका र पुख्ता प्रमाण भएको खण्डामा मुद्दाको निर्णय चाँडै हुने बताए। अदालतमा कानून व्यवसायी, न्यायाधीशका चालक, भान्से र सहयोगी नै बिचौलिया भएर सेवाग्राहीसँग घूस लिने गरेको भन्ने पत्रकारहरूले प्रश्नमा उनले विगतभन्दा अदालतमा न्यायसम्पादनको प्रक्रिया सुधार हुँदै गएको र आगामी दिनमा अदालत परिवार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा न्यायाधीशहरू ध्रुवराज त्रिपाठी, प्रमेश पोखरेल, आनन्दप्रसाद श्रेष्ठ, मुकुन्दप्रसाद आचार्य, श्रेस्तेदार धर्मेन्द्र अधिकारी, तहसिलदार सुदीप पोखरेललगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads