search

कर्मयोगी बद्रीविक्रम थापा सेवा पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ साउन । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले यस वर्षको सेवा पुरस्कार–२०८१ वरिष्ठ पत्रकार, स्तम्भकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरेको छ ।
विगत तीन दशकदेखि बद्रीविक्रम थापाको स्मृतिमा प्रत्येक वर्ष श्रावण ११ गते वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको सेवा पुरस्कार नेपाल यस वर्ष पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरिएको गुठीका कोषाध्यक्ष किरण थापाले जानकारी गराएका छन् ।
स्तम्भकार चन्द्रकिशोरले नेपालका विभिन्न पत्रपत्रिकामा सान्दर्भिक समस्याहरूको उठान गरी विश्लेषणात्मक लेख लेख्दै आएकोमा यस वर्षको सेवा पुरस्कार नेपाल दिने निर्णय गरेको हो ।
पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रहेको र सो पुरस्कार साउन ११ गते शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल, काठमाडौंमा वितरण गरिने गुठीका कोषाध्यक्ष किरण थापाले जानकारी गराएका छन् । साथै उनले उक्त राशिको दोस्रो पुरस्कार डा सन्दूक रुइतलाई पनि प्रदान गरिने जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads