search

spot_img
spot_img

मेडिकल कलेज र ज्ञानदाबीच सहकार्यको सहमति

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ७ साउन / नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंज र ज्ञानदा एकेडेमीबीच आगामी दिनमा सहकार्य गर्ने विषयमा सहमति भएको छ।
दुवै संस्थाबीच शिक्षा, स्वास्थ्य र खेलकूद सम्बन्धमा एकापसबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो। १३ बुँदे समझदारीपत्रमा मेडिकल कलेजका स्वास्थ्यकर्मी तथा कर्मचारीका छोराछोरीको लागि ज्ञानदाले सहकार्य गर्ने र ज्ञानदा एकेडेमीको परिवारको उपचार, स्वास्थ्यसम्बन्धी परामर्श, प्रशिक्षणबारे मेडिकल कलेजले सहकार्य गर्ने सहमति भएको हो।
त्यसैगरी, दुवै संस्थाको सहकार्यमा खेलकूदको विकासमा योगदान गर्ने सहमति पनि भएको छ। समझदारीपत्रमा कलेजका एमडी शाहनबाज अन्सारी र एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन्। दुवैबीच समझदारीपत्र आदानप्रदान भएको छ।्
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads