search

spot_img
spot_img

नालाको पानीले निकास नपाउँदा सास्ती

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ७ साउन / पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी उत्तरटोलमा नालामा पानीको निकास नभएर स्थानीयले सास्ती खेप्नुपरेको छ।
दुई वर्ष पहिले निर्माण भएको नालाको कारण स्थानीय गाउँलेहरूले दुःख भोगिरहेका छन्। गणेश यादवको घरदेखि महेश यादवको घरसम्म करीब सय मिटर लामो नालाको निर्माण दुई वर्षअगाडि भएको थियो। तर उक्त नालामा पानीको निकास नहुँदा वर्षाको बेला सबै पानी ग्राभेल कच्ची सडकमैं जम्ने भएकोले वर्षात्को मौसममा स्थानीयले सास्ती खेप्नुपरेको हो।
वर्षाको पानी नालाको सतह र सडकको सतह पार गरेर गणेश यादव, शिवनारायण यादव, शिवपूजन यादव, हरिनारायण यादव र महेश यादवको घरमा पस्ने गरेको स्थानीयहरूले बताएका छन्। यस विषयमा वडाध्यक्ष जीतेन्द्र पटेलले केही बताउन चाहेनन्। स्थानीयले नालाको पानी निकासको लागि नगरपालिकासँग माग गरेका छन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

पर्सा, १९ असारः जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा...

सम्बन्धित खबर

- Advertisement -neelambads