search

spot_img
spot_img

जनप्रतिनिधि हाम्रो पीडा बुझ्न आएनन्

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ७ साउन/
बस दुर्घटनामा परी बेपत्ता भएकी बाराकी स्वास्थ्यकर्मी सृष्टि यादवको परिवारले आफ्नो पीडा बुझ्न जनप्रतिनिधिहरू नआएको गुनासो गरेको छ।
बारा, कलैया उपमहानगरपालिका–१४ जीतपुर बस्ने सृष्टिका बुबा जगदीशप्रसाद यादवले सो गुनासो गरेका हुन्। बारा जिल्लाका सांसद, प्रदेश सांसद एवं कलैया उमनपाका प्रमुख, वडाध्यक्षसमेत कोही पनि घरमा हालखबर सोध्न नआएको उनले गुनासो गरे। राहत सहयोगको कुरै छोड्नुस्, कुनै जनप्रतिनिधि दुःखमा सहभागी हुन घरदैलोमा आएका छैनन्, उनको भनाइ थियो।
२५ वर्षीया सृष्टि पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवन स्वास्थ्य चौकीमा डेढ वर्षदेखि रेडियोग्राफर पदमा कार्यरत थिइन्। गत असार २८ गते शुक्रवार बिहान ३ः३० बजे लेदोसहितको पहिरोले त्रिशूलीमा एन्जल र गणपति बस बगाएको थियो। वीरगंजबाट काठमाडौं गइरहेको एन्जल बसमा सृष्टि सवार थिइन्।
जापानको सैनिक अस्पतालमा स्वास्थ्यकर्मीको रूपमा काम गर्नको लागि शनिवार २९ गते परीक्षा दिन काठमाडौं गइरहेका बेला सृष्टि दुर्घटनामा परेको परिवारले जनाएको छ।
घटनाको १० दिनपछि साउन ६ गते बिहान ११ बजे उनको शव बरामद गरेर सनाखत गरेपछि साँझ ४ बजे दाहसंस्कार भएको थियो।
यसभन्दा एक दिन अगाडि नै सृष्टिको कुशको शव बनाएर परिवारले अन्त्येष्टि गरेको थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads