search

spot_img
spot_img

१० जना महिलासहित ९६ जनाद्वारा रक्तदान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ साउन/
वीरगंजमा शनिवार तीन स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा १० जना महिलासहित ९६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए।
नेपाल जनता पार्टीले वीरगंज महानगर–६ माईस्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा छजना महिलासहित ५५ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा सुदामा देवी, ममता चौरसिया, रेणुका यादव, पूजा यादव, अमरबहादुर विक, अभिषेक गिरी, अमित पाल, बृजेश चौरसियालगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले बताए।
यसैगरी, नेपाल इन्जिनीयर्स एशोसिएशन वीरगंज केन्द्रले वीरगंज इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजना गरेको रक्तदान कार्यक्रमा २० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा सुधीर केशरी, वेदप्रकाश कुर्मी, सोन गुप्ता, अन्सुल चौरसिया, प्रभात मण्डल, मनोज दास, चन्दन साहलगायतले रक्तदान गरेको उनले बताए।
यसैगरी, सत्यसाई मधेस प्रदेशले घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित २१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए। उनले कार्यक्रममा मिक्खा श्रेष्ठ, सरस्वती मानन्धर, रोशनी श्रेष्ठ, रञ्जु पाक्षी, नवीन श्रेष्ठ, राजेश यादव, विनय अधिकारी, सन्तोष साहलगायतले रक्तदान गरेको बताए।
वीरगंज केन्द्र उत्कृष्ट नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको ५८औं वार्षिकोत्सवमा रक्तसञ्चार केन्द्र, वीरगंज उत्कृष्ट केन्द्रको रूपमा सम्मानित भएको छ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र, वीरगंजलाई यस वर्ष २० हजारभन्दा बढी पिन्ट रगत सङ्कलन गरेर बिरामीहरूलाई सेवाप्रवाह गरेकोमा पुरस्कृत गरिएको केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपाल, केन्द्रीय निर्देशक पवन गुप्ता र उपमहामन्त्री मनोज थापाले रक्तसञ्चार केन्द्र, वीरगंजका तर्फबाट प्राविधिक प्रमुख पाण्डेयलाई सम्मानपत्र प्रदान गरेका थिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

इन्धनको अवैध कारोबार गर्ने चालक पक्राउ

बारा, २३ असार । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंजबाट इन्धनको अवैध कारोबार भइरहेको स्थानबाट एक जनालाई पक्राउ...

सम्बन्धित खबर

- Advertisement -neelambads