search

श्रीसिया प्रदूषित गर्ने उद्योगमा फोहर फालियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ साउन/ श्रीसिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाईस्वरूप वीरगंज महानगरपालिकाले शहरबाट सङ्कलन गरेको फोहर उद्योग परिसरमा फाल्न शुरू गरेको छ । आइतवार वीरगंज महानगरपालिकाले तीनवटा उद्योगका परिसरमा फोहर फालेको हो ।
महानगरले श्रीसिया नदीमा प्रदूषण नगर्न नदी छेउछाउका उद्योगहरूलाई पटकपटक चेतावनी दिंदा पनि बेवास्ता गरेपछि आज कारबाईस्वरूप उद्योग परिसरमा फोहर थुपारिएको हो ।
नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा आइतवार वीरगंज महानगर–२१ परवानीपुरस्थित अरनिका प्रोसेसिङ उद्योग, सिद्धि टेक्सटाइल्स प्रालि र मरियम लेदर इन्डस्ट्रिजमा नौ ट्याक्टर फोहोर खसालेको वीरगंज महानगरको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुद्दीन मियाँले बताए ।
यस अघि वीरगंज महानगरले नदी प्रदूषित गर्ने उद्योगहरू सिल गर्ने तयारी गरेपछि नौवटा उद्योगका सञ्चालकहरूले महानगरपालिकामा पुगेर १५ दिनको समय माग्दै नदीमा प्रदूषण नगर्ने लिखितरूपमैं सामूहिक प्रतिबद्धता जनाएका थिए । तर प्रतिबद्धता जनाएको तीन महीना बितिसक्दा पनि नदीको प्रदूषण नरोकिएपछि बाध्य भएर आइतवार तीनवटा उद्योगमा महानगरले शहरबाट सङ्कलन गरेको फोहर थुपारेको नगरप्रमुख सिंहले बताए ।
उनले भने, “मैले पटकपटक श्रीसिया नदी प्रदूषित गर्ने उद्योगहरूको अनुगमन गरेर सचेत गराएँ । पाँचवटा उद्योगलाई तीन/तीन लाख जरिवाना पनि गराएँ । तर पनि श्रीसिया नदीको प्रदूषण रोकिएन । बाध्य भएर आज फोहर खसाल्न निर्देशन दिएको हुँ ।” उनले नदी प्रदूषित गर्ने उद्योगहरूले अझै नटेरे कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads