search

spot_img
spot_img

शेयर मार्केटमा उछाल, वीरगंजका कारोबारीहरू पनि उत्साहित

पढ्न छुटाउनुभयो ?

वीरगंज , १३ साउन/
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै दिशा परिवर्तन भएको नेपाली शेयर बजारको कारोबार दिन प्रतिदिन उकालो लाग्दैछ।
आइतवार चारचोटि सकारात्मक सर्किट लागेको थियो। देशभरमा आइतवार रु १५ अर्ब ८१ करोड ५९ लाखको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। नेपालकै दुई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धनमा राष्ट्रिय सरकार गठन भएको र सरकारको आयु लामो रहने विश्वासका साथ लगानीकर्ता उत्साहित भएका थिए। साउन ११ गते नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण पनि शेयर बजारमा उछाल आएको वीरगंजका व्यवसायी मुरली जालान बताउँछन्।
उनका अनुसार मौद्रिक नीतिको कारण शेयर बजारमा हरियाली छाएको छ भने छ महीनाभित्रै अन्य क्षेत्रमा पनि यसको सकारात्मक असर देखा पर्दै जानेछ। कम्पनी तथा संस्थाहरूले शेयर खरीदमा २० करोडसम्म मात्र ऋण लिन पाइने यसअघिको सीमा रहेकोमा अहिले सो सीमा हटेर असीमित कारोबार गर्न सकिने नीति आएकोले व्यवसायीहरू उत्साहित भएको उनले बताए।
साथै शेयर कारोबार गराउने ब्रोकरहरूको दैनिक कारोबारको रकममा सीमा तोकिएकामा अहिले भने त्यसलाई खुला गरिएको छ। तीन वर्षदेखि धराशयी बनेको शेयर बजार दुई सातादेखि सकारात्मक दिशातर्फ अघि बढेको लगानीकर्ताहरू बताउँछन्। तीन वर्ष अगाडि ३२ सय अङ्कमा पुगेको बजार निरन्तर ओरालो लाग्दै दुई हजार अङ्कको हाराहारीमा पुगेको थियो, जसले गर्दा हजारौं लगानीकर्ताले अर्बौं रकम घाटा बेहोरेका थिए। तर आज अपराह्न तीन बजेसम्म अन्तिम शेयर कारोबार हुँदा दुई हजार ६८१ अङ्कमा शेयर बजार पुगेको देखिएको छ।
आइतवार मात्रै ११३.४२ अङ्कले बजार उकालो लागेको थियो। नेपालभरिमा हाल ९३ वटा ब्रोकर कम्पनीले इजाजत पाएकामा अहिले ९० वटा ब्रोकर कम्पनीले सेवा दिइरहेका छन् भने वीरगंजमा करीब डेढ लाख लगानीकर्ताले ब्रोकर कम्पनीका चारवटा शाखामार्फत शेयर कारोबार गर्ने गरेका छन्। अहिले दैनिक वीरगंजमा मात्रै ४० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भइरहेको १६ नं ब्रोकर नासा सेक्युरिटी प्रालिका प्रबन्धक जीत दाहालले बताए।
आइतवार भएको कारोबार अनुसार सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको शेयर बिक्री भएका छन् भने विक्रेताले १० प्रतिशत जति मुनाफा हासिल गरेका अनुमान गरिएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads