search

ब्रिटानिया नेपालद्वारा परवानीपुर विद्यालयमा सहयोग

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १४ साउन/ वीरगंज–२१ परवानीपुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ब्रिटानिया नेपालले आर्थिक सहयोग गरी भौतिक संरचना विकास गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै परवानीपुरमा सञ्चालित ब्रिटानिया नेपालले दुईवटा शौचालय निर्माण गर्नुका साथै दुईवटा कक्षाकोठाको पनि मरम्मतसम्भार गरेको प्रधानाध्यापक रामेश्वर साहले जानकारी दिए ।
साहका अनुसार शौचालय नहुँदा शिक्ष्Fक, विद्यार्थीले समस्या भोग्नुपरेको थियो । २१ नं वडाका अध्यक्ष राधाकृष्ण रौनियारको पहलमा ब्रिटानियाले सो सहयोग गरेको उनले बताए । नवनिर्मित शौचालय र भवनको उद्घाटन ब्रिटानियाका महाप्रबन्धक सन्दीप बंसलले गरेका थिए । सो अवसरमा ब्रिटानिया नेपालका एचआर मैनेजर विनोद साह, अभिभावक, शिक्षक, स्थानीयको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads