search

खेस्राहाका गिरीको लद्दाखमा रहस्यमय मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ साउन/ पर्सा, पकाहामैनपुर गाउँपालिका–४ खेस्राहा बस्ने ४० वर्षीय वीरेन्द्र गिरीको भारतको लद्दाखमा रहस्यमय मृत्यु भएको छ ।
एक साता अघि घर निर्माणको क्रममा १० तलाबाट खसेर उनको मृत्यु भएको बताइए तापनि परिवारजनले उनको मृत्यु शङ्कास्पद रहेको जनाएका छन् ।
गिरीका भिनाजु पर्ने पकाहामैनपुर गापा–४ घर भई हाल छिपहरमाई गापा–३ जयमङ्गलापुर बस्ने अनिल गिरीको सो घटनामा संलग्नता रहेको वीरेन्द्र गिरीकी पत्नी निर्मला देवीले जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको उजूरीमा उल्लेख छ । सो घटना शङ्कास्पद रहेकोले छानबीन गरी दोषीलाई कारबाईको लागि उनले माग गरेकी छन् ।
निर्मलाले अनिलसँगै छिपहरमाई गापा–३ बस्ने सञ्जय गिरी, सोही ठाउँका विजय गिरी, कान्छाराउत गद्दी, अजय साह, महेश साहलगायत गरी छजनामाथि किटानी जाहेरी दिएकी छन् । चार दिनअघि उनको शव पर्सा ल्याएर दाहसंस्कार गरिएको छ । लद्दाख प्रहरीले दिएको प्रतिवेदन अनुसार घर निर्माणको क्रममा घटना भएर उनको मृत्यु भएको र उनको शल्यक्रियाको रिपोर्टपछि मृत्युको कारण यकीन हुने बताएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads