search

spot_img
spot_img

नारायणी अस्पतालको आइसियूमा वृद्धाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज,, १५ साउन/ नारायणी अस्पताल वीरगंजमा एकजना वृद्धाको मृत्यु भएको छ।
विगत ११ दिनदेखि उपचाररत पर्सागढी नगरपालिका–७ फूलवरियाटोल बस्ने ७५ वर्षीया सावित्री देवीको मृत्यु भएको आफन्तजनले बताएका छन्। स्वास्थ्यकर्मीहरूको लापरवाहीका कारण उनको मृत्यु भएको सावित्रीका आफन्त महन्त दासले आरोप लगाए। तीनचोटि डायलासिस भएर ११ दिनदेखि उपचाररत सावित्रीको स्वास्थ्यमा सुधार हुनुपर्नेमा अलिकति पनि सुधार नभएको र मङ्गलवार अपराह्न ५ बजे मृत्यु भएको उनले बताए।
स्वास्थ्यकर्मीहरू दिनभरि मोबाइल चलाएर बस्ने र बिरामीको स्याहारसुसारमा कम ध्यान दिने गरेको उनको आरोप छ। आफ्नो घरपरिवारको सदस्यमाथि यस्तो भयो आगामी दिनमा अन्य बिरामीसँग यस्तो घटना नहोस् भनेर ध्यानाकर्षण गराउनको लागि मात्र सञ्चारमाध्यमलाई जानकारी गराएको उनले बताए।
यसबारे नारायणी अस्पतालका मेसु डा एनामुल हकले डायलासिस भइरहेको बिरामीको सिकिस्त अवस्थामा आइसियूमा उपचार भइरहेको सबैले बुझ्नुपर्ने बताए। उनले अस्पताल बिरामीलाई उपचार गर्ने थलो भएकोले कुनै क्षति हुँदा जोकसैले पनि अस्पतालको कमीकमजोरीको कारण सो घटना भएको लाग्न सक्छ तर चिकित्सक अथवा अस्पतालको हातमा सबै कुरा नहुने स्पष्ट पारे। उनले आइसियूमा पुगेका बिरामीको अवस्था जटिल रहने र चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्ने सुझाव दिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads