search

spot_img
spot_img

सामुदायिक विद्यालयमा वर्षे बिदा शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज, , १५ साउन/ वीरगंज महानगरपालिकाका सामुदायिक विद्यालयमा साउन १६ गते बुधवारदेखि वर्षे बिदा शुरू हुने भएको छ। महानगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार साउन १६ देखि भदौ ८ गतेसम्म वर्षे बिदा दिइएको छ।
वर्षे बिदाको कारण सामुदायिक विद्यालयहरू बन्द रहने वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले जनाएको छ भने संस्थागत विद्यालयहरूमा एकरूपता नभएको देखिन्छ। वीरगंजमा प्याब्सन र एनप्याब्सन मातहतका दर्जनौं विद्यालयले आफूखुशी गर्दा संस्थागत विद्यालयमा एकरूपता आउन नसकेको अभिभावकहरूको भनाइ छ।
प्याब्सन पर्सा अन्तर्गतका विद्यालयहरूमा साउन १६ गतेसम्म परीक्षा हुने र हाल बढिरहेको गर्मीलाई मध्यनजगर गर्दै यस विषयमा छलफल हुने प्याब्सनका पदाधिकारीहरूले बताएका छन्। प्याब्सन वीरगंज नगर अध्यक्ष आलोक चौरसियाले संस्थागत विद्यालयमा वर्षे बिदा दिने चलन नरहेको र जुन विद्यालयमा चारवटा परीक्षा लिनुपर्नेछ उसको कार्यतालिका निकै व्यस्त रहेको र केही विद्यालयमा परीक्षा भइसकेकाले उनीहरूले केही दिन गर्मी बिदा दिन सक्ने बताए।
संस्थागत विद्यालयमा वर्षे बिदा दिंदा विद्यार्थीहरूको पठनपाठनमा असर पर्ने भएकाले बिदा दिने चलन नभएको उनले स्पष्ट पारे।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सुरक्षाका आवश्यक सबै मापदण्ड पालना गर्न जिल्ला प्रशासन बाराद्वारा जगदम्बा स्टिल्सलाई निर्देशन

पर्सा, १९ असारः जिल्ला प्रशासन कार्यालय बाराले आगजनीको घटनालाई आगामी दिनमा नदो¥याउनको लागि आवश्यक सुरक्षा सतर्कता अपनाउनको लागि जगदम्बा...

सम्बन्धित खबर

- Advertisement -neelambads