search

spot_img
spot_img

साउनको सोमवारीमा शिवालयमा घुइँचो दुग्धेश्वर मेलामा हजारौं श्रद्धालुको भीड

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ साउन/ साउनको सोमवारीमा मध्यतराईका जिल्लाहरूका शिवालयमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ।
साउन महीनामा भगवान् शिवको पूजा आराधना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। यस महीनामा माछामासु नखाई पूर्ण सात्विक भोजन गर्ने परम्परा छ। साउन महीनाभरि शिवालयहरूमा मेला लाग्ने गरेको छ। पर्साको रामभौरीभाठामा दुई सातादेखि मेला लागिरहेको छ।
वीरगंजको अलखियामठ, चिनीमिलस्थित पशुपतिनाथ मन्दिरमा समेत मेला लागेको छ। त्यसैगरी, बाराको कलैयास्थित सिद्धेश्वरनाथ महादेव मन्दिर, काँटघाटलगायतका शिवालयहरूमा मेला लागिरहेको छ। पर्साको रामभौरीभाठामा आन्तरिक र भारतीय गरी दैनिक हजारौंको सङ्ख्यामा भक्तजनहरू पूजापाठ र जलाभिषेक गर्न आइरहेका दुग्धेश्वरनाथ मन्दिर निर्माण एवं संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले बताए।
त्यसैगरी, मेलामा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, हेटौंडा, काठमाडौं, भारतका बिहार र उत्तर प्रदेश राज्यबाट भक्तजनहरू आइरहेका दुग्धेश्वरनाथ मेला समितिका अध्यक्ष गेनालाल पटेलले बताए। उनले सो मेलालाई व्यवस्थित र मन्दिरसम्म
पुग्ने सडक एवं अन्य संरचना निर्माणमा स्थानीय र प्रदेश सरकारले ध्यान दिए आगामी दिनमा धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रामभौरीभाठालाई विकास गर्न सकिने बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

वीरगंज महानगरमा सम्पदा संरक्षण समिति गठन

वीरगंज ५ भदौं । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण तथा व्यवस्थापनलाई संस्थागत रूपमा अघि...

सम्बन्धित खबर

- Advertisement -neelambads