search

spot_img
spot_img

पर्सा जिल्ला अदालतका कुन न्यायाधीशले कतिवटा मुद्दा फछ्र्योट गरे

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर, १५ साउन/ पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०/८१ मा कुल आठ हजार ७४ मुद्दा फछ्र्योट गरेकामा कुन न्यायाधीशले कति मुद्दा हेरे भन्नेबारेमा जोकसैलाई पनि चासो हुन सक्छ। कार्यसम्पादनको दृष्टिकोणले कुन इजलासले बढी मुद्दा हे–यो भन्ने सर्वसाधारणलाई जिज्ञासा पनि लाग्न सक्छ।
अदालतको तथ्याङ्क हेर्दा सबैभन्दा बढी मुद्दा पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश दीपक खनालले फैसला गरी फछ्र्योट गरेका देखिएको छ। उनले डिसिएमपूर्व (डिफरेन्ट केस मैनेजमेन्ट) ५२, सरल प्रकृतिका ५३६, सामान्य ३८९, विशेष ६५ गरी एक हजार ४२ वटा फछ्र्योट गरेका थिए। उनी सरुवा भई २०८० माघ ११ गते पर्सा जिल्ला अदालत आएका थिए। त्यसैगरी, दोस्रो नम्बरमा न्यायाधीश ध्रुवराज त्रिपाठी छन्। उनले डिसिएमपूर्वका २०, सरल ५५०, सामान्य ४१६, विशेष ३४ गरी एक हजार २० वटा मुद्दा फछ्र्योट गरेका थिए।
तेस्रो नम्बरमा न्यायाधीश पुरुषोत्तम नेपाल रहेका छन्। उनले डिसिएमपूर्वका ३१, सरल ५७१, सामान्य २९६, विशेष २१ गरी कुल ९१९ वटा मुद्दा फछ्र्योट गरेका थिए।
चौथो नम्बरमा न्यायाधीश मोना सिंह रहेकी छन्। उनले डिसिएमपूर्वका १४, सरल ४२९, सामान्य १९५, विशेष १७ गरी कुल ६५५ वटा मुद्दा फछ्र्योट गरेकी पर्सा जिल्ला अदालतका श्रेस्तेदार धनेन्द्र अधिकारीले जानकारी गराए।
पाँचौं नम्बरमा न्यायाधीश रोशन गजुरेलले ५०० वटा मुद्दा फछ्र्योट गरेका थिए। उनले डिसिएमपूर्वका ३५, सरल २३६, सामान्य १८४, विशेष ४५ गरी ५०० वटा मुद्दा फछ्र्योट गरेका थिए।
छैटौं नम्बरमा न्यायाधीश नन्दकिशोरप्रसाद यादवले डिसिएमपूर्वका दुई, सरल २९१, सामान्य १६०, विशेष सात गरी ४६० वटा मुद्दा फछ्र्योट गरेका थिए भने सातौं नम्बरमा न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले डिसिएमपूर्वका चार, सरल २१९, सामान्य १४५, विशेष आठ गरी ३८६ वटा मुद्दा फछ्र्योट गरेका थिए। आठौं नम्बरमा न्यायाधीश प्रमेश पोखरेलले सरल १६१, सामान्य ५४, विशेष तीन गरी कुल २१८ वटा मुद्दा फछ्र्योट गरेका थिए। नवौं नम्बरमा न्यायाधीश मुकुन्द आचार्यले सरल ९२, सामान्य २९, विशेष छ गरी १२७ वटा मुद्दा फछ्र्योट गरेका थिए।
त्यसैगरी, पर्सा जिल्ला अदालतमा गत आवमा सरुवा भएर जाने न्यायाधीशहरूले डिसिएमपूर्वका १४०, सरल एक हजार ५६६, सामान्य ८१३, विशेष २२७ गरी कुल दुई ७४७ वटा मुद्दा फछ्र्योट गरेका थिए।
न्यायाधीशहरू दीपक खनाल, रोशन गजुरेल, नन्दकिशोरप्रसाद यादव, प्रमेश पोखरेल, आनन्दप्रसाद श्रेष्ठ, मोना सिंह २०८० असोजदेखि कात्तिकसम्म सरुवा भएर आएका थिए भने मुकुन्द आचार्य २०८१ वैशाख २ गते सरुवा भएर पर्सा जिल्ला अदालत आएका हुन्। पर्सा जिल्ला अदालतमा अहिले नौवटा इजलासबाट मुद्दामाथि बहस पैरवी हुने गरेको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads