search

spot_img
spot_img

वितरण केन्द्र वीरगंजको विद्युत् सेवाबाट उपभोक्तालाई सास्ती

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ साउन । नेपाल विद्युत् प्राधिकरण मातहतको वीरगंज वितरण केन्द्रको सेवा निस्प्रभावी हुँदै गएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
वर्षात् र गर्मीको मौसम भए तापनि विद्युत् सेवा चुस्तदुरुस्त हुने ठाउँमा निकै कमजोर र निस्प्रभावी भएको वीरगंजवासीको गुनासो छ । विद्युत् महसूल तिर्ने बेलामा एक दिन पार गरेपछि जरिवाना तिराउने सो कार्यालय अघोषितरूपमा लोडसेडिङ गरिरहेको समस्याबाट वीरगंज महानगरपालिका र बाराका उपभोक्ता मारमा परेको गुनासो छ । हलुका पानी पर्दैमा लाइन कट्ने, पटकपटक ट्रिपिङ हुने, बिहान–बेलुका अघोषितरूपमा तीन/चार घण्टासम्म लोडसेडिङ भइरहेको समस्याले यस क्षेत्रका उपभोक्ताहरू आजित बनेका छन् । साथै उपभोक्ताहरूको समस्या सम्बोधन गर्न कार्यालयले उचित व्यवस्थापन नमिलाएको समेत आरोप लगाएका छन् ।
कार्यालयले ल्यान्डलाइन नम्बर जनसरोकारले सूचना दिन वा समस्या टिपाउनको लागि ०५१–५२२०५० र कार्यालय प्रमुखको सम्पर्क नं ०५१–५२१०५० राखे तापनि सो ल्यान्डलाइनबाट चाहेको बेलामा उपभोक्ताले सम्पर्क गर्न पाउँदैनन् । कहिले उठ्दैन, कहिले व्यस्त भन्छ, कहिले उठे पनि कति बेला मरम्मत सम्भारको टोली जाने हो, यसबारेमा यकीन जानकारी पाइँदैन ।
त्यसैगरी, कार्यालय प्रमुखको सरकारी नम्बर ९८५५०२६०३४ पनि साँझ ५ बजेपछि स्वीचअप गरेर राख्ने गरिएको छ । मरम्मत सम्भार फाँटका मुख्य इन्जिनीयर निर्मल फौज्दार र सहायक इन्जिनीयर वीरेन्द्र चौधरीको समेत सम्पर्क नम्बर रातिको समयमा स्वीचअफ हुने गरेको छ । साँझ ५ बजेपछि वितरण केन्द्र वीरगंज आफैं रोगीजस्तै सम्पर्कविहीन भएर बस्दा हजारौं उपभोक्ता सास्ती खेपिरहेका हुन्छन् ।
उनीहरूले गर्मीको बेला बिजुली नहुँदा लामखुट्टेको टोकाइ, इमेल, इन्टरनेट, खानेपानी, कपडा धुन, नुहाउनलगायत सेवाबाट वञ्चित हुने गरेको बताएका छन् । यस विषयमा कार्यालयका अधिकारीहरूसँग बुझ्दा वीरगंजमा बिजुलीको माग अत्यधिक हुने र आपूर्ति कम हुँदा समस्या भइरहेको बताइएको छ । कार्यालय प्रमुख अवधेश दुबे वीरगंज वितरण केन्द्रको प्रमुखको रूपमा आएपछि विद्युत् सेवा झन् निस्प्रभावी र लथालिङ्ग भएको कार्यालयका कर्मचारीले बताएका छन् ।
त्यसैगरी, केही दिन अघि बिजुली मरम्मतको क्रममा वीरगंज–१२ ब्रह्मचोकस्थित वीरगंज–२५ श्रीसिया घर भई हाल वितरण केन्द्रमा हेल्पर पदमा कार्यरत रामप्रसाद चौधरीको मृत्यु भएको थियो । उनको मृत्युमा पनि कर्मचारीहरूबीच समन्वय नभएकोले उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो । चौधरी पोलमा चढेर मरम्मत गरिरहेको बेला लाइन चालू गरेपछि उनलाई करेन्ट लागेर सडकमा लडेर टाउकोमा गम्भीर चोट लागी वयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सो घटनालाई पनि ढाकछोप गर्न कार्यालयले भरमग्दुर प्रयास ग¥यो । बिजुली मरम्मत गर्न बाँसको भ¥याङबाट लडेको र दुर्घटनामा परी उनको मृत्यु भएको देखाउन खोजियो । यस विषयमा नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरले छानबीन समिति गठन गरेर अनुसन्धान गरिरहेको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रबन्धक मुनिन्द्र ठाकुरले जानकारी गराए । उनले घटनाको सत्यतथ्य छानबीन गरेर दोषी भेट्ने कर्मचारीलाई विभागीय कारबाई गर्ने बताए ।
वितरण केन्द्र प्रमुखको बिदा खारेज, दुई महीना चौंबीसैं घण्टा ड््युटी गर्न निर्देशन
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश दुबे पटकपटक बिदा लिएर काठमाडौं बस्ने गरेकाले उनको बिदा खारेज गरी हाललाई कडा ड्युुटी गर्न निर्देशन दिइएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश कार्यालयले उनले स्वीकृति गराएको बिदामा कटौती गर्दै वीरगंज आउन निर्देशन दिएको मधेस प्रदेश कार्यालयका प्रबन्धक मुनिन्द्र ठाकुरले बताए ।
“वीरगंजको हाकिमसाहब बिदा लिएर काठमाडौं जानुभएको छ, उनको बिदा मैले कटौती गरेर तुरुन्त वीरगंज कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । विद्युत् सेवा प्रभावकारी बनाउनको लागि दुई महीना चुस्तदुरुस्त किसिमले ड्युटी गर्न भनेको छु,” उनले भने । केही दिनमा कार्यालयको सेवा प्रभावकारी भएन भने उनी र उनी मातहतका कर्मचारीलाई समेत कारबाई गर्ने चेतावनी दिएको उनले जानकारी गराए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads