search

महिला सशक्तीकरणका लागि अनुपम अभियान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ फागुन । अन्तर–पुस्ता महिलावादी मञ्चको देशव्यापी अनुपम अभियान २०२४ अन्तर्गत वीरगंजमा ¥याली प्रदर्शन गरिएको छ । वीरगंजको घण्टाघरबाट निस्किएको र्याली नगर परिक्रमा गर्दै पुनः घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । अनुपम अभियान नेपालभर महिला सशक्तिकरणका लागि चलाइएको अभियान रहेको कार्यक्रममा सहभागीहरुले जानकारी गराएका थिए । अभियानले महिलाको स्वाभिमान, आत्मनिर्भरता तथा समानताको पक्षमा आवाज उठाउँदै आएको जनाएको छ । मधु राणाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरू सहभागी भएका थिए । नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा तथा मध्य नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रममा पबित्रा जयसवाल, ममता चौधरी, करिमा बेगम, सुषमा तिवारी, गुड्डी जोशी, हेमा थापालगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको समापन कविता खड्काले गरेकी थिइन् भने सञ्चालन लक्ष्मी खरेलले गरेकी थिइन ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads