चकलेटसहित वीरगंजका पटेल बारामा पक्राउ

वीरगंज , मंसिर – १६ बिल बिजकसँग फरक रहेको चकलेटसहित वीरगंज महानगरपालिका वडा नम्बर ३१ का २८ बर्षीय ऋषि पटेललाई बारा प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट कलैयातर्फ जादै गरेको ना २ च १३०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्दा बिल बिजकसँग फरक रहेको चकलेट फेल परेले , चकलेटसंगै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

वीरगंजको प्रतिमा चौकबाट चरेशसहित सम्सुल मियाँ पक्राउ

वीरगंज , मंसिर – १६ वीरगंज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चौकबाट पर्सा प्रहरीले १० किलो लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा पर्साका धोबिनी गाउँपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय सम्सुल मियाँ रहेका प्रहरीले जनाएको छ । सोमबार प्रतिमा चौकस्थितको सडकखण्डमा मियाँ शंकास्पद तवरले हिडीरहेका थिए । प्रहरीले शंकाको आधारमा उनलाई […]

प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सामा दुईजना पक्राउ

वीरगंज , मंसिर – १६ पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेक छ । पक्राउ पर्नेहरुमा मकवानपुरका भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङतान र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षीय कुमार स्याङतान रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोमबार पर्साको पेटविसुगौली गाउँपालिका–२ रांगपुरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा मकवानपुरबाट रांगपुर आउदै गरेको बि.ए.बि […]

टिबी शाह ग्राउन्ड मुआब्जा विवाद सुल्झाउन पर्साका प्रजिअ अग्रसर

परवानीपुर,१५ मंसिर पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले नारायणी क्रिकेट मैदान हाल नाम परिवर्तित टिबी शाह क्रिकेट ग्राउन्डको अनुगमन गरेका छन् । क्रिकेट संघ पर्साको आग्रहमा प्रजिअ दहाल र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेलको टोली आज विहान मैदानको अनुगमन गरी वस्तुस्थिति बुझेको क्यान पर्साले जनाएको छ । करिब दुई दशकदेखि अल्झेको मुआब्जा विवादको बारेमा मुआब्जा […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा वीरगंजमा रक्तदान कार्यक्रम

वीरगंज, १५ मंसिर । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सोमवार वीरगंज–१० आदर्शनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा मधेश प्रदेश कार्यालयको बीमा प्राधिकरणका प्रमुख आर्या रावल, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिंका प्रदेश प्रमुख तारिख अख्तर, शाखा प्रमुख मन्दीप प्रधानलगायत ९० जनाको सहभागिता रहेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्स वीरगंज शाखाका नीरज सर्राफको […]

स्थानीय तहमा आन्तरिक आय लक्षभन्दा घट्दा वित्तीय कमजोरी

वीरगंज , मंसिर – १५ पर्सागढी नगरपालिका र वीरगन्ज महानगरपालिकाले विगत केही वर्षमा आन्तरिक तर्फको आय लक्षअनुसार संकलन गर्न सकेका छैनन् । पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा तीन करोड २६ लाख ६० हजार रुपैयाँको लक्ष्य राख्दा केवल एक करोड तीन लाख रुपैयाँ मात्रै सङ्कलन गर्न सफल भएको छ। यसअघि पनि आन्तरिक आय लक्षभन्दा निकै […]

मधेश प्रदेशमा भएको छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु

वीरगंज , मंसिर – १५ मधेश प्रदेशमा आइतबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिराहा र सप्तरीमा भएको दुई दुर्घटनामा एक–एक जनाले ज्यान गुमाएका हुन् । सिराहा– विष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा मोटरसाइकल म.प्र.०१–००४ प ७८४८ र साइकल एकआपसमा ठोक्किँदा ७० वर्षीय साइकल चालक सत्यनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको […]

महिलाको हत्यारालाई कडा कारवाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

वीरगंज , मंसिर – १५ जनकपुरधाममा पाँच दिनअघि मृत्यु भएकी रोशनी झाको प्रकरणमा आरोपितलाई छिटो कारबाही गर्न माग गर्दै आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि स्थानीयवासी र पीडित पक्षले प्रदर्शन गरेका छन् । गत बिहीबार रोशनी झाको मृत्यु भएको थियो। घरपट्टिले भर्याथङबाट लडेर मृत्यु भएको दाबी गरेको छ भने माइती पक्षले श्रीमान् प्रशान्त मिश्रले घाँटी […]

मिसन मोतियाबिन्दु अप्रेसन अन्तर्गत हालसम्म ३७१जनाको सफल शल्यक्रिया

वीरगंज , मंसिर – १५ मिसन ५ हजार मोतियाबिन्दु अप्रेसन अन्तर्गत हालसम्म ३७१ जनाको सफल शल्यक्रिया भएको छ । लायन्स क्लब बिरगंज परिवारले सञ्चालन गरिरहेको अभियानमा उनीहरुको निशुल्क शल्यक्रिया भएको हो । बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोग तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष सहकार्यमा उनीहरुको शल्यक्रिया सम्पन्न भएको हो । पर्सा […]

हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने

बाग्मती, १५ मङ्सिरः बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ । सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर […]